अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०४-२२
- A
- A-
- A+
भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ४० मिलिग्राम सहित ललितपुर गोदावरी नगरपालिका-३ टौखेल बस्ने १९ वर्षीय सुहान रम्तेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४५ प ३७८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९० मिलिग्राम सहित ललितपुर, ललितपुर महानगरपालिका-२४ बस्ने ३४ वर्षीय अमित गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५६ प ६२२९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, ओमसतिया गाउँपालिका-१ ठुटेपिपलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ग्राम सहित सोही गाउँपालिका-२ पडसरी बस्ने २६ वर्षीय सन्जिब केवटलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सिद्धार्थनगर नगरपालिका-९ उदयपुरस्थित उर्मिला कहारले संचालन गरेको पसलबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रहरी पसल तलासी गर्दा थप ९ किलो गाँजा जस्तो देखिने पदार्थ फेला पारी उर्मिलालाई समेत पक्राउ गरेको छ ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय १० मिलिग्राम सहित बर्दघाट नगरपालिका-२ चिसापानी बस्ने ३९ वर्षीय राजु बुढा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले बेलासपुरबाट हात्तीवनतर्फ जाँदै गरेको लु.४ प ५२८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ चुच्चेखोलास्थित चुच्चेखोला भ्यू प्वाइन्ट खाजा घरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित खाजा घर संचालक सोही उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय बिदुर धिताललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
पाल्पा, रामपुर नगरपालिका-७ मोवटी सितलनगरबाट अवैध लागूऔषध गाँजा २ सय २० ग्राम सहित स्याङ्जा चापाकोट नगरपालिका-२ धर्कोट बस्ने २५ वर्षीय विनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले लु.प्र.०१-०११ प ६५०२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ झिंगै बस्ने २४ वर्षीय बिष्णु घर्ती क्षेत्री समेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेलझुण्डी दाङबाट खटिएको प्रहरीले बिष्णुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-५ बस्ने १९ वर्षीय ईकवाल अनसारी समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, कन्काई नगरपालिका-४ कोटीहोमबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनकुटा, पाख्रीबास नगरपालिका-५ माङमायाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४४ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा खाँदबारी नगरपालिका-९ बस्ने २२ वर्षीय सौजन लिम्बु र धनकुटा महालक्ष्मी नगरपालिका-५ बस्ने १९ वर्षीय समिर राई रहेका छन् । इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बारा, महागढीमाई नगरपालिका-१० गोवास टोलबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २ ट्याब्लेट सहित बुटवल उपमहानगरपालिका-६ तिलोत्तमा पथ बस्ने ४८ वर्षीय कपिल बज्रचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।