चोरीमा संलग्न तीन जना पक्राउ
२०८३-०४-२३
- A
- A-
- A+
काठमाडौं, सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-८ बालुवाखानी बस्ने धनुषा घर भएका ३८ वर्षीय घनश्याम क्रामछाकी, बुढानिलकण्ठ नगरपालिका-१३ भंगाल बस्ने तनहुँ घर भएका २४ वर्षीय अन्जान दाश र काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने २८ वर्षीय सजिर श्रेष्ठ रहेका छन् ।
बुढानिलकण्ठ नगरपालिका-९ पिपलबोटस्थित घरबाट साउन १२ गते र सोही नगरपालिका-१२ राधाकृष्ण मन्दिरस्थित घरबाट साउन २० गते सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल शृङखलाबद्ध रूपमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।