जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-२४
- A
- A-
- A+
संखुवासभा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचखपन नगरपालिका-८ सुनखानी बस्ने २० वर्षीय सविन न्यौपानेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सविनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।