ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२४
- A
- A-
- A+
भक्तपुर, ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ दुवाकोट बारूदखाना चोकस्थित त्वयना किराना पसल संचालन गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
तुलसीरामले उपभोक्ताहरूलाई एलपी ग्यास प्रति सिलिण्डर ७ हजार रूपैयाँको दरले विक्री वितरण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।