अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०४-२५
- A
- A-
- A+
ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय १० ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल ५ थान सहित सोही महानगरपालिका-१ बस्ने २९ वर्षीय प्रज्वल केसीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रौतहट, गौर नगरपालिका-३ स्थित काजल स्टील रेलिङ नामक खाजा घरबाट अवैध लागूऔषध गाँजा ७ सय ग्राम सहित खाजा घरका संचालक सोही नगरोपालिका-६ बस्ने ३४ वर्षीय शुभ नारायण साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१४ कृष्णा प्रणामी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ७० मिलिग्राम सहित भारत मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत-१ बस्ने २५ वर्षीय शत्रुधन पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज, जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-२ देउरीया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित लेटाङ नगरपालिका-३ बस्ने ३८ वर्षीय टंक प्रसाद राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ९९१६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने ३२ वर्षीय प्रेम बहादुर नेपाली समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ७९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ सरदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-४ कन्चनपुर बस्ने २२ वर्षीय अमित डगौरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ खल्ला सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने राजेश बिष्टको साथबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले राजेश बिष्टलाई सु.प.प्र.०१-०१४ प ४९७० नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । साथै प्रहरीले उक्त मोटरसाइकलमा सवार १ जनालाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९३ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने मोरङ बिराटनगर महानगरपालिका-६ घर भएका ३० वर्षीय संजिव सहनीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोल बस्ने ४२ वर्षीय बिरेन्द्र बैठालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ४४ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-६ विष्णुपुराबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल सहित सोही गाउँपालिका-६ बस्ने ४७ वर्षीय दिनेश मर्णा गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रिप्रहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-२ पशुपति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय संजिप पौडेल र मोरङ घर भएका ३२ वर्षीय सुमन कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ४८३७ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा सिटिमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।