प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित सात जना पक्राउ

२०८३-०४-२६

  • A
  • A-
  • A+
Share

सर्लाही, लालबन्दी नगरपालिका-१२ बाट अवैध लागूऔषध गाँजा करिब १२ किलो ७ सय ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-२ लालभिति बस्ने ५० वर्षीय सानु परियार, उनकै श्रीमती ३५ वर्षीया सबिना परिया र लालबन्दी नगरपालिका-१४ बस्ने ४० वर्षीया ज्ञानु माया योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३५ वर्षीय नरेन्द्र भुजेललाई नियन्त्रित लागूऔषध फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल र डाइजेपाम ३३ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-५ भैरब टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले शंकरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०६-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयोगमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका-८ घर भएका ३८ वर्षीय विनोद कुमार विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.६० प २५६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय १० ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सर्लाही कौडेना नगरपालिका-७ सक्राउन घर भएका १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाही मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००७ ख १५९० नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।    कञ्चनपुर, पुनर्वास नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ४ सय ८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश संत लाल आजादनगर धोला बिर्सेनपुरी खिरी बस्ने ५५ वर्षीय दीप चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने ३४ वर्षीय रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले रामनरेसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ परेवाकोट डाँडास्थित जङ्गलबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ५५ वर्षीय चन्द्र बहादुर चेपाङ, २९ वर्षीय हरिलाल चेपाङ र सोही नगरपालिका-२ बस्ने ५२ वर्षीय वीर बहादुर ब्लोन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम र गाँजा ६ किलोग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मुन्ना भन्ने मनोज गुप्ता, २७ वर्षीय रजत बाँनिया र ओमसतिया गाउँपालिका-४ बालापुर बस्ने सिद्धार्थ नगरपालिका-४ घर २२ वर्षीय बिसु गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-९ बरपिपलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित भारत बिहार अररिया बेलाहा बस्ने २० वर्षीय बिपिन कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बिआर ३८ एपी ०२७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-५ ओम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-३ भाग्रा बस्ने १८ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६५ मिलिग्राम सहित सोही नगरपालिका-८ भोगपुर बस्ने २४ वर्षीय सिमान्त चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बस्ने २४ वर्षीय राहुल थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले राहुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   मोरङ, सुनवर्षी नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विक्रम गुरूङ र २१ वर्षीया केविना गुरूङ रहेका छन् । प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरीले को.२५ प ८८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ श्री जंगाटोल बस्ने २३ वर्षीय करण राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय किरण साम्बा लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले किरणको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय रोशन राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्‍चात प्रहरीले रोशनलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ सय मिलिग्राम, नगद ७३ हजार ७ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-९ गोलबस्ती डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय मौसम लिम्बु समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले मौसमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बारा, विश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम सहित भारत मोतिहारी नकरदेही पंचायत-२ बिर्ता टोल घर भएका ४० वर्षीय दुखी साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय प्रसौनी समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-०४

सप्तरी, डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ हजार १ सय किलो ३ सय ७० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा ५६ वटा पोकामा रहेको १ हजार ८ सय ३८ किलो ८ सय ७० ग्राम र मंगलको घर तलासी गर्दा ८ वटा पोकामा रहेको २ सय ६१ किलो ५ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
२०८३-०६-०३

कैलाली, जानकी गाउँपालिका-७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   धनकुटा, धनकुटा नगरपालिका-६ गोलाई बस्ने महालक्ष्मी नगरपालिका-८ घर भएका २४ वर्षीय उज्वल थापालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४ ट्याब्लेट र स्पास्पेन २ सय ४ ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बझाङ, बित्थडचिर गाउँपालिका-८ रूपैलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९९ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तलकोट गाउँपालिका-१ बस्ने ३२ वर्षीय नरेन्द्र कुमार ऐडी र जयपृथ्वी नगरपालिका-११ दयकुम्ला बस्ने ६१ वर्षीय सिंग धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको गरेको सु.प.प्र.०४-००१ ज ००८९ नम्बरको जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक नरेन्द्र र जीपमा सवार सिंगलाई पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २३ वर्षीय सुजन माझी, २० वर्षीय सुविन कुमाल र २७ वर्षीय कुल प्रसाद सिवाकोटी रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, मेचीनगर नगरपालिका-७ ग्रामथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय संजित राजबंशी र ३१ वर्षीय प्रबिण उराउ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४४ वर्षीय नारायण किसानको घरबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात नारायणको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ३० मिलिग्राम फेला पारी नारायणलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  धनुषा, धनुषाधाम नगरपालिका-८ धारापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय १० मिलिग्राम सहित सिराहा बरियारपट्टी गाउँपालिका-२ बस्ने २६ वर्षीय नितेश कुमार महत्तो समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६० ट्याब्लेट र नाइट्राजेपाम १ सय ४५ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २२ वर्षीय विनित बुढाथोकी, काठमाडौं नैकाप बस्ने शंखरापुर नगरपालिका-४ घर भएका २६ वर्षीय नविन कार्की र ललितपुर महानगरपालिका-१७ ट्यागल बस्ने बारा गढीमाई नगरपालिका-२ घर भएका २१ वर्षीय सोनु कुमार साह कलवार रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित नरहा गाउँपालिका-३ खोरीया टोल बस्ने २४ वर्षीय महमद साहिल आलमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ८० ग्राम सहित पर्सा पटेर्वा सुगौलि बस्ने २५ वर्षीय राम नाथ पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पटेर्वा सुगौलीबाट जितपुरतर्फ आउँदै गरेको ना.२ ह ३१११ नम्बरको अटो जाँच गर्दा उक्त गाँजा फेला पारी चालक राम नाथलाई पक्राउ गरेको हो । यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २० वर्षीय दिपु राउत कुर्मीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा एयरपोर्ट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ डुमरवाना बस्ने ३७ वर्षीय नितेश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले प्र.२-०३-०१९ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, अन्नपूर्ण गाउँपालिका-३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम ९७ ट्याब्लेट र टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले सन्देशको घर तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय एम्पुल, बुप्रेनोर्फिन ६ सय एम्पुल, फेनारगन ६ सय १३ एम्पुल र टापेन्टाडोल ९ सय ९८ ट्याब्लेट सहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका-६ डिमुवा घर भएका प्रेम सुवेदी, ३५ वर्षीय होम थापा, ३३ वर्षीय सुरज नेपाली, रूपन्देही मायादेवी गाउँपालिका-१ घर भएका ४२ वर्षीय जनमेज्य केवट, २९ वर्षीय महेन्द्र आरख र सिराहा नवराजपुर गाउँपालिका-३ घर भएका ३३ वर्षीय राजेन्द्र कुमार यादव रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बा.प्र.०१-०३५ च १४३६ नम्बरको ईभी भ्यान जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रेम र ईभी भ्यानमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९६ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-२ खरी ढुङ्गा बस्ने २६ वर्षीय रोशन भुजेल र मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने ३६ वर्षीय बिरेन्द्र स्याङ्बो रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.५ च ८००१ नम्बरको पिकअप गाडी जाँच गर्दा १५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रोशन र उक्त गाँजा ओसारपसारमा संलग्न रहेका प्र.३-०३-००१ प ३५२८ नम्बरको मोटरसाइकलमा सवार बिरेन्द्रलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०६-०२

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ सिम्खडा गाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ मुलपानी बस्ने ३४ वर्षीय पबन भण्डारी र सोही नगरपालिका-५ थली बस्ने २५ वर्षीय सुरज लामा रहेका छ्न् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-७ बोकतोबारी बस्ने २४ वर्षीय प्रकाश सहनी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८६ मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ चारपानेबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय मन कुमार राई र उनकै श्रीमती २६ वर्षीया रेखा थापा रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सुनसरी बराहक्षेत्र नगरपालिका-२ बयरवन बस्ने ३७ वर्षीय मनिष अधिकारी समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद ३० हजार ६ सय ८० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय बिजय तोलाङ्गेलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही नगरपालिका-४ बस्ने संजिव देवकोटाको संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ६० मिलिग्राम र नगद ३१ हजार ५ सय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार संजिवको खोजी गरिरहेको छ ।   ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँ थसिटोल डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-११ घर भएका ५५ वर्षीय शक्ति घिमिरेलाई अवैध लागूऔषध गाँजा ३ सय ८६ ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय उज्वल महर्जन समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-५ बलहा बस्ने ६८ वर्षीय अर्जुन चौधरी समेत २ जनालाई अवैध लागूऔषध गाँजा ९ सय ४० ग्राम र नगद ३४ हजार २ सय १५ रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सखुवा गाछीबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   महोत्तरी, सम्सी गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९८ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१४ बस्ने २८ वर्षीय नरेश महरा र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय क्षितिज परियार रहेका छन् । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले  कन्हवा बोर्डरबाट सम्सीतर्फ आउँदै गरेको ज.१० प ८६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७६ ट्याब्लेट र नाइट्राजेपाम ४२ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला हिमा गाउँपालिका-६ बस्ने २२ वर्षीय मुस्कान अधिकारी र सोही गाउँपालिका-७ बस्ने २० वर्षीय रमेश शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ ज १०६१ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २० वर्षीय सुमित मल्ल समेत २ जनालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुमितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   धादिङ, थाक्रे गाउँपालिका-६ देउडी बस्ने सोही गाउँपालिका-३ मल्डुङ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ३ सय ९० ग्राम र गाँजा जस्तो देखिने पदार्थ १ सय ६५ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।