प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८३-०४-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ नयाँ बजार बस्ने २७ वर्षीय प्रदिप थापा मगर समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार ८ सय ३५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
२०८३-०४-३१

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-८ बोडे डायमण्ड चोकस्थित सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय ढकल बहादुर तामाङको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५४ हजार रूपैयाँ र २५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
२०८३-०४-२६

काठमाडौं महानगरपालिका-२७ स्थित गाउँवेशी थकालीमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं रानीवन बस्ने काभ्रे खानीखोला गाउँपालिका-७ घर भएका ४२ वर्षीय रेशम बहादुर घ्यावा समेत १६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख १७ हजार १ सय २५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-३२ घारी बस्ने ४८ वर्षीय दिपकराज तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपकराज समेत ११ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ९५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
२०८३-०४-२४

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन आनिगुम्बास्थित शिव बहादुर विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने संखुवासभा घर भएका ५६ वर्षीय आङ्देवा शेर्पा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ३ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईड बस्ने ५० वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७० नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँ र १ सय ५६ पत्ति तास सहित पक्राउ गरेको हो ।यसैगरी कास्की, पोखरा महानगरपालिका-३१ भाटामुल बस्ने ४० वर्षीया ललिता ज्वार्चनको घरमा जुवातास खेलिरहेको अवस्थामा ललिता समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ७ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ भृकुटीपथ नजिकै भारत हाउडा शिवडा घर भएका ४० वर्षीय सुजित खन्राले भाडामा लिएको सटरमा जुवातास खेलिरहेको अवस्थामा सुजित समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०४-२२

चितवन, भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने ६५ वर्षीय सुरज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-११ गोर्खालीटोल बस्ने बाला गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ बसेनी बस्ने ५० वर्षीय राजेश गुरूङ समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ६ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मदन चोकस्थित ४२ वर्षीय देब बहादुर चन्दले संचालन गरेको देबु होटलमा जुवातास खलिरहेको अवस्थामा देब बहादुर समेत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।