जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२९
- A
- A-
- A+
काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका ६१ वर्षीय पदम घ्याम्जो तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा रहेका उनी २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपलिका-२ च्यामासिङबाट पक्राउ पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।