जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-३०
- A
- A-
- A+
बाँके, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने २१ वर्षीय लाल बहादुर राना क्षेत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कैलाली, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-६ बेलुवा बस्ने २८ वर्षीय रामसेवक कुश्मी चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामसेवकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।