जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-०१
- A
- A-
- A+
महोत्तरी, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा औरही नगरपालिका-३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मोमेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवल नगरपालिका-७ अस्नैया बस्ने २१ वर्षीय दिपक जिसीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।