जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१२
- A
- A-
- A+
तनहुँ, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-९ बस्ने ३४ वर्षीय इश्वर भुजेललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इश्वरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।