जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१०
- A
- A-
- A+
कैलाली, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ धनचौरी बस्ने २८ वर्षीय कृष्णराज भट्टराईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कृष्णराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालखेती समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तेह्रथुम, ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमर्जुङ बस्ने ४४ वर्षीय खलेत्रे भन्ने लिलम बहादुर लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिलम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।