जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-०६
- A
- A-
- A+
झापा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने ४० वर्षीय अशोक कुमार राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
अशोकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।