प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८३-०५-१५

  • A
  • A-
  • A+
Share

संखुवासभा, मकालु गाउँपालिका-५ माङसिमा बस्ने २९ वर्षीय सिताराम गुरूङलाई भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने बारूद १ सय ग्राम र फलामको छर्रा २० थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले सितारामको भान्साघर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०५-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ओखल मोलुङ नगरपालिका-१७ घर भएका ३३ वर्षीय यज्ञ बहादुर तामाङ र काठमाडौं महानगरपालिका-४ बस्ने बागलुङ बडिगाड गाउँपालिका-३ बस्ने ३० वर्षीय सुजेन घर्ती मगर रहेका छन् । पक्राउ मध्ये यज्ञ बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र सुजेनले हंगेरी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञ बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट र सुजेनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा इराक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०५-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इराक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ घर भएकी ५५ वर्षीया सन्चमाया तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सन्चमायाले इराक पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०५-१२

काठमाडौं, धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर खाछें बस्ने हिमालय सेक्युरिटी बैंकर लिमिटेडका संचालक अध्यक्ष ६३ वर्षीय दिपक कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका-११ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर जबरा र दक्षिणकाली नगरपालिका-३ घर भएका हिमालयन रिईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ३९ वर्षीया उपसना पौडेल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले सुमेरलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट बुधबार तथा दिपक कुमारलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ हात्तीवनबाट र उपसनालाई काठमाडौं बबरमहलबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ मध्ये दिपक कुमार र सुमेर धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनमा तथा उपसना बीमा ऐन सम्बन्धी कसुरमा संलग्न रही फरार रहेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-१२

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी कागेश्वरी नगरपालिका-६ मुलपानी बस्ने भोजपुर टेम्केमयुम गाउँपालिका-९ घर भएका ३२ वर्षीय लाक्पा शेर्पालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।उक्त मुद्दामा १२ वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०५-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-८ घर भएका ३६ वर्षीया बिमला घले, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका-३ घर भएका ३६ वर्षीय प्रेम प्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका-३ बस्ने नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३५ वर्षीय सागर गोतामे र ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३० वर्षीया सिन्सा श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये बिमलाले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ६० हजार रूपैयाँ, प्रेम प्रसादले माल्टा  पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, सागरले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ  र सिन्साले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं महानगरपालिका-१२ बाट र प्रेम प्रसादलाई काठमाडौं महानगरपालिका-१६ बाट बुधबार तथा सागरलाई काठमाडौं महानगरपालिका-३ बाट र सिन्सालाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।