प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८३-०५-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-७ चावहिलस्थित समाज गेष्ट हाउसबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १४ एम्पुल, फेनारगन १ सय १३ एम्पुल, नोर्फिन १ सय १३ एम्पुल र नगद २५ हजार रूपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१ घर भएका ३१ वर्षीय राजिव श्रेष्ठ, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे धुलिखेल नगरपालिका-८ घर भएका २१ वर्षीया निरूता हुमागाई र काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका-१० घर भएका २३ वर्षीय रूविन आचार्य रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गेष्ट हाउसको २०२ नम्बरको कोठा तलासी उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध स्पास्मो ४० ट्याब्लेट सहित घनगढी उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय दिपक बहादुर चन्दलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावारी नगरपालिका-४ बस्ने २६ वर्षीय प्रभाष मल्ल र डोटी जोरायल गाउँपालिका-१ बस्ने २६ वर्षीय बिक्रम पातली रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प १५४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ३ ग्राम १७ मिलिग्राम सहित भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय अकिल शाहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-३ शकरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएक प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० शिबिरडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित मिक्लाजुङ गाउँपालिका-७ मधुमल्ला बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, लमही नगरपालिका-६ देउपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ कमानपुर बस्ने २५ वर्षीय परीवर्तन बुढा मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित गेरूवा गाउँपालिका-२ बस्ने २५ वर्षीय विनोद सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
करिब १ हजार १ सय २२ किलोग्राम गाँजा सहित तीन जना पक्राउ
२०८३-०५-१५

उदयपुर, कटारी नगरपालिका-६ बाँकेटार शान्ति वनबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय २२ किलो ६७ ग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-१ डाँडागाउँ बस्ने ५५ वर्षीय राम बहादुर मगर, २१ वर्षीय नेक बहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी र जंगलका विभिन्न स्थानमा लुकाई छिपाई राखेको ५२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०५-१४

झापा, बिर्तामोड नगरपालिका-३ बिराट पोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३४ वर्षीय सरोज भट्टराईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, कनकाई नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २३ ग्राम ५ सय ४० मिलिग्राम र नगद ११ हजार २ सय ८० रूपैयाँ सहित दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने संखुवासभा खाँदबारी नगरपालिका-४ घर भएका २९ वर्षीय साजन गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय बिनोद लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, दुहबी नगरपालिका-८ कदमगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सन्दिप कार्की र २७ वर्षीय अनिस कार्की रहेका छन् । सिआरभी सोनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०४६ प २२६५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ झोरा बस्ने २१ वर्षीय राजेश राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नगद १० हजार ६ सय ४० रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ बनगाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्किचुहा नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित जानकी गाउँपालिका-६ बस्ने ३१ वर्षीय प्रेम बहादुर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१३ फटकेश्वरबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे मण्डनदेउपुर नगरपालिका-४ बस्ने २६ वर्षीय महेश ढकाल र धनकुटा घर भएका २२ वर्षीय आशिष शेर्पा रहेका छन् । इलाका प्रहरी कार्यालय मेलम्ची समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ ग्राम ७४ मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-१ कञ्चनपुर बस्ने ३१ वर्षीय गफुर मियाँ  र सोही गाउँपालिका-१ सोनबर्षा बस्ने २९ वर्षीय दिलसाद आलम देवान रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित भारत विहार पूर्णिया सदर हाजिरगञ्ज-४५ घर भएका १९ वर्षीय कृष्णा कुजुँर समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१५ बुधौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित गोलबजार नगरपालिका-७ बस्ने २६ वर्षीय राकेश यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.०२-००१ प ००७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०५-१३

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित डडेलधुरा अजयमेररू गाउँपालिका-२ घर भएका २७ वर्षीय मनोज कुमार ऐरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज १०६३ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ कौवापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १३ किलो ९ सय ५ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ बुंगल नगरपालिका-१ दहबगर बस्ने २२ वर्षीय कलक धामी र केदारस्यु गाउँपालिका-७ बस्ने ५० वर्षीय करन धामी रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरिया समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ च ४८११ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक कलक र गाडीमा सवार करनलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा २१ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय रमेश गुरूङ र सोही नगरपालिका-६ बस्ने ४९ वर्षीय सुवास जिसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बा.११ च ६२५६ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुवन बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने १९ वर्षीय दिप कार्की र १९ वर्षीय अमन भन्ने कृष्ण आचार्य रहेका छन् ।  इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले प्र.०१-०२-०५२ प ९४०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय अरूण नेपाली र सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय सुमन कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले प्र.०२-००५ ह ६९५९ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक अरूण र अटोमा सवार सुमनलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१ आँपगाछी चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७४ ट्याब्लेट सहित मोरङ बेलबारी नगरपालिका-११ बस्ने ४७ वर्षीय दिनेश दाहाल समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   उदयपुर, बेलका नगरपालिका-५ शिखरमाडीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २४ ट्याब्लेट र नगद ८ हजार ५ सय ६० रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय आशिष राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८३-०५-१२

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ७० ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेट सहित बारा निजगढ नगरपालिका-७ घर भएका २८ वर्षीय मान बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहट चपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ८२६० नम्बरको सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-७ भाजंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र नगद २९ हजार ५ सय ५५ रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने कैलाली गोदावरी नगरपालिका-८ घर भएका २८ वर्षीय रोशन मायालु सिंह भाटलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ मानेडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ५० मिलिग्राम र तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१७ हटिया घर भएका ३४ वर्षीय संजय रोक्कालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ डुमरगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नगद ६ हजार ४ सय ५ रूपैयाँ सहित सोही ठाउँ बस्ने रूकुम पूर्व भुमे गाउँपालिका-७ घर भएका २२ वर्षीय गजेन्द्र जंग सुनारलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा.२ प ४९८९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ४० मिलिग्राम फेला प्रहरीले बरामद गरेको छ ।  रूपन्देही, मायादेवी गाउँपालिका-३ कम्हरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय वाल मुकुन्द हरिजनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, पाख्रिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम र ट्रामाडोल ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २२ वर्षीय राकेश राई र २५ वर्षीय पवन बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०५-११

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण सुन्ताखानबाट अवैध लागूऔषध गाँजा ४ सय २५ ग्राम सहित सोही नगरपालिका-२ सुन्दरीजल बस्ने ३१ वर्षीय रबिन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट सुन्ताखानबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१६ माछापोखरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-१३ भएका २२ वर्षीय गोपाल गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा गोपालले उक्त पदार्थ तारकेश्वर नगरपालिका-४ लोलाङ बस्ने २४ वर्षीय बिशाल रिमालसँग खरिद गरेको भन्ने खुल्न आएपछि बिशालको कोठा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम नगद २ हजार ७ सय रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । झापा, झापा गाउँपालिका-५ पैनीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४८ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-२ चारपाने बस्ने २८ वर्षीय सनम श्रेष्ठ र मोरङ मिक्लाजुङ गाउँपालिका-१ जितपुर बस्ने २१ वर्षीय संगित राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-८ स्थित लुम्बिनी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ७० मिलिग्राम सहित धादिङ गजुरी गाउँपालिका-४ बस्ने ३५ वर्षीय मछिन्द्र चेपाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले होटलको १०८ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   धनकुटा, धनकुटा नगरपालिका-६ बस्ने ३३ वर्षीय रमेश विकलाई अवैध लागूऔषध गाँजा २ सय ९५ ग्राम सहित  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सप्तरी, बलान बिहुल गाउँपालिका-१ छोटकी मल्हनिया गाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल र डाइजेपाम ३ एम्पुल सहित सिराहा लहान नगरपालिका-१ बस्ने ३५ वर्षीय संतोष कुमार सहनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीले मधेश प्रदेश०१-००६ प २५१९ नम्बरको मोटरसाइकलमसा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-६ पुरानो बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय अम्मर बालमिकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।पर्सा, बहुदरमाई गाउँपालिका-१ बिश्रामपुर जाने नहरको बाटोबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय ९० ग्राम सहित भारत समस्तीपुर थाना दलसिगस्रा पाड गाउँ बस्ने ६३ वर्षीय राम चन्द्र राय यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाटाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-४ चोप्राहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-५ बस्ने २७ वर्षीय संदेश राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।