जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०६-१६
- A
- A-
- A+
उदयपुर, २०७८ असोज १६ गते
५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-६ बस्ने ३० वर्षीय मुकेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित द्वारखोला जंगलमा मुकेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।