प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-११-२०

  • A
  • A-
  • A+
Share

झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरिगंज गाउँपालिका-२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

सिरहा, आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार