अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८३-०५-२५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४२ वर्षीय प्रविन केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ८ सय ९० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।