अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०५-२६
- A
- A-
- A+
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय गोपाल यादव समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलयाबाट खटिएको प्रहरीले पिडारी चोकबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज.११ प ९७०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरगहेको छ ।
मोरङ, लेटाङ नगरपालिका-४ बिपि चोकस्थित होटल दशर्न एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ सिद्धार्थ लाईन बस्ने २३ वर्षीय बिकास राई र २० वर्षीया सबिना लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलो ६४ ग्राम सहित लहान नगरपालिका-१ बस्ने ३० वर्षीय सुरज चौधरी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले गाईघाटबाट कदमाहातर्फ जाँदै गरेको को.१ ज ३३१२ र ना.१ ज ८५०९ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३३ वर्षीय राजेश थापा मगर र शुक्लाफाँटा नगरपालिका-१२ कालागौडी बस्ने ५३ वर्षीया सुनिया चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट भाँसी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ जनआवाज चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुवास रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका-३ शान्तीबजार बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ देवीनगरस्थित बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय बिशाल गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका-२ श्रीपुर बजारबाट अवैध लागूऔषध गाँजा १ सय १० ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राकेश सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वा चोकबाट अवैध लागूऔषध गाँजा ३ सय ३५ ग्राम सहित पोखरीया नगरपालिका-४ सतवरिया बस्ने ६६ वर्षीय पुनि मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।