अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०५-२७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२१ लगन बस्ने ३५ वर्षीय जनम शाक्य समेत ४ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट, अवैध लागूऔषध पोलेन करिब ७ सय ग्राम र नगद ३१ हजार १ सय ६५ रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जनमको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ५० मिलिग्राम सहित काठमाडौं शंखमुल बस्ने कैलाली घर भएका २९ वर्षीय शंखर चौधरी समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ४९३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम ६ सय ६० मिलिग्राम सहित ललितपुर तीनकुने बस्ने सिराहा घर भएका २० वर्षीय एमडी बुफ्रानलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ८ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० हजार ४ सय १० ट्याब्लेट सहित ४ जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएका २९ वर्षीय जनार्जन घले, सिन्धुपाल्चोक घर भएका २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुर घर भएका ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रे घर भएका ३१ वर्षीय राजु तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित ट्याटु हाउस र काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सोही महानगरपालिका-११ बंगलामुखी बस्ने ३१ वर्षीय आशिष देउलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित अछाम साँफेबगर नगरपालिका-७ बस्ने २० वर्षीय अभिजन भाटलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय सुनिल राना समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलाय कैलाली समेतबाट खटिएको प्रहरीले से.४ प ३९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-९ बस्ने ३४ वर्षीय डम्बर कुमार श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-७ बस्ने २७ वर्षीय ईश्वर खाती समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले ईश्वरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० डेरा गरी बस्ने खैरहनी नगरपालिका-२ चैनपुर घर भएका २४ वर्षीय सुदिप कार्की समेत २ जनालाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३३ ट्याब्लेट, ट्रामाडोल ५० ट्याब्लेट र नगद रुपैयाँ ९९ हजार ७ सय ४० रूपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले सुदिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४० ट्याब्लेट सहित सोही महानगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद महतो नुनिया समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०३७ प ४१२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० भुटनदेवी बस्ने ३५ वर्षीय प्रज्वल थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।