अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८३-०५-२९
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-८ बस्ने २८ वर्षीय बिजय राजबंशीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।