प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

२०८३-०५-३१

  • A
  • A-
  • A+
Share

झापा, झापा गाउँपालिका-४ चौधरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९८ मिलिग्राम सहित गौरादह नगरपालिका-४ बैगुनधुरा बस्ने १९ वर्षीय बाबुराम मुर्मुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, कचनकवल गाउँपालिका-१ झण्डु टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ अनारमनी बस्ने ३५ वर्षीय समिर बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कुटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कास्की, पोखरा महानगरपालिका-६ बुढिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित तनहुँ म्याग्दे गाउँपालिका-२ जामुने बस्ने ३० वर्षीय पदम थापालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम र नगद १० हजार २ सय ७० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ माछागढ बस्ने २३ वर्षीय रमेश साही र २९ वर्षीय अनिल विक रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.५ प ५६२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्ती बेलडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८५ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ धर्मबस्ती बुद्ध टोल बस्ने २३ वर्षीय अश्मित परियार र सोही नगरपालिका-९ बेल्डाडी बस्ने २५ वर्षीय मनिष कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय सानोश्री समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, गेरूवा गाउँपालिका-१ बिहानबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय आशिक नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थित मुन लाइट होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय ६० मिलिग्राम सहित रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-९ बस्ने २७ वर्षीय लोकेन्द्र मल्ल समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ३०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब ९ किलो ५ सय ७८ ग्राम सहित भारत मोतिहारी हरसिद्दि पंचायत बैरियाडिह-९ बस्ने १९ वर्षीय संदिप चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सिया समेतबाट खटिएको प्रहरीले जगरनाथपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको एचपि-९४- ४९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ सुनखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अजय मादेनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पाँचथर, फिदिम नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने याङवरक गाउँपालिका-२ घर भएका २९ वर्षीय विशाल लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ हिलिहाङ गाउँपालिका-७ टारी बस्ने २३ वर्षीय युवराज विश्वकर्मासँग खरीद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले युवराजलाई फिदिम नगरपालिका-१ फिदिम बजारबाट पक्राउ गरेको छ । 

दैलेख, नारायण नगरपालिका-६ गणेश चोक बस्ने २१ वर्षीय शिवराज थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले शिवराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०५-३०

दैलेख, दुल्लु नगरपालिका-५ दुल्लु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २२ वर्षीय जिवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका-१ बस्ने २३ वर्षीय घनश्याम खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेख समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, तातोपानी गाउँपालिका-५ श्रीनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुवास डाँगीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-२ बस्ने ३६ वर्षीय कृष्ण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देवेन्द्र शाही र अछाम साँफेबगर नगरपालिका-१० बस्ने ३० वर्षीय अनिल भुल रहेका छन् । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.६ प ३६६२ र भे.३ प ९४८४ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०५-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेस्थित होटलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित म्यानमारकी नागरिक २९ वर्षीया ZIN ZIN PHYO लाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरणबाट खटिएको प्रहरीले होटलको उनी बसेको कोठा तलासी गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा रिसिभ गर्न गोरखपुरबाट काठमाडौं आई उक्त होटल पुगेका भारत उत्तर प्रदेश गोरखपुर घर भएका ३० वर्षीय  BARKATULLAN  र २५ वर्षीय YUSUF KHAN लाई समेत प्रहरीले पक्राउ गरेको छ ।  झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६२ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २२ वर्षीय कुरबान शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मुसहरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय हेम राई र ४४ वर्षीय जय बहादुर खड्गी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को.३१ प ८८८५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रौतहट, चन्द्रपुर नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट सहित सोही नगरपालिका-१० बालचनपुर बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित सोही महानगरपालिका-२० हरपतगंज बस्ने २० वर्षीय आजात अन्सारी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले ग.८ प ७०४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ८० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने १९ वर्षीय प्रिन्स शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ जाँदै गरेको भे.१ ख ४१६० नम्बरको बस जाँच गर्दा उक्त पदार्थ फेला पारी बसका सहचालक प्रिन्सलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ राप्ती सोनारी गाउँपालिका-१ बस्ने २८ वर्षीय लाहुराम थारूले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले लाहुराम समेत २ जनालाई नेपालगंजबाट पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०५-२९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ हजार ८ सय ९५ ट्याब्लेट सहित ललितपुर गोदावारी नगरपालिका-१३ घर भएका २३ वर्षीय सिर्जन रम्तेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-१४ लिकमार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ लिकमार्ग बस्ने रामेछाप घर भएका २७ वर्षीय विपिन श्रेष्ठ र काठमाडौं वनस्थली बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २० वर्षीय प्रकाश गैरे रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । साथै थप अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा संलग्न रहेका काठमाडौं जोरपाटी बस्ने लमजुङ घर भएका २९ वर्षीय युसुद मिया र काठमाडौं महानगरपालिका-२३ ओम बहाल बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३१ वर्षीय महोमद गुफरानलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ९ सय ६० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी काठमाडौं, महानगरपालिका-१७ धोबिचौरबाट अवैध लागूऔषध पोलेन ५५ ग्राम सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने धादिङ धुनिबेसी गाउँपालिका-७ घर भएका १९ वर्षीय रन्जन विसुङखे, काठमाडौं कुश्लेचौर बस्ने दोलखा मैनापोखरी गाउँपालिका-८ घर भएका ४० वर्षीय अमृत लामा र गोरखा घर भएका ३५ वर्षीय रमेश गुरूङ रहेका छन् । प्रहरी वृत्त लैनचोरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  काठमाडौं महानगरपालिका-१३ ताहचालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७ ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ ओमबहाल बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका २३ वर्षीय सुवास तामाङ र काठमाडौं काँडाघारी बस्ने ओखलढुङ्गा घर भएका २१ वर्षीय महेश कटुवाल रहेका छन् । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित दमक नगरपालिका-७ बस्ने २७ वर्षीय रबिन कटवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बिर्ताबजार बस्ने २० वर्षीय सुमन कर्मकारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने ३२ वर्षीय राजन कामत र  सोही महानगरपालिका-३ बस्ने ३१ वर्षीय बिशाल अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ९० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-५ बोहोरा गाउँ बस्ने ३४ वर्षीय जिबन बोहोरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कुसलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय राज राई र इलाम देउमाई नगरपालिका-६ बस्ने २८ वर्षीय मदन सुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, हरिनगर गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ३० मिलिग्राम र नगद २५ हजार ४ सय ६५ रूपैयाँ सहित सोही गाउँपालिका-५ सुकसैना बस्ने ५५ वर्षीय श्रीदेव भन्ने श्री नारायण मेहतालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले प्र.१-०२-०५८ प ८३७२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ सिर्जनाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अनिश श्रेष्ठ समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अनिशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय राम लक्षी राना र २० वर्षीय बिशाल राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले रामको घर तलासी गर्दा २ ग्राम ८ सय ७० मिलिग्राम र बिशालको घर तलासी गर्दा १ ग्राम ९ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ वनपुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित सोही गाउँपालिका-२ चन्दनबस्ती टोल बस्ने २२ वर्षीय गणेश साउँद समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले गणेशले प्रयोग गरेको सु.प.प्र.०१-०११ प २०५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध स्पास्मो ८० ट्याब्लेट र नाइट्राजेपाम १ सय ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुर्य थापालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले त्रिबेणीबाट बर्दघाटतर्फ आउँदै गरेको बा.प्र.०३-०३ प २४५१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   पाल्पा, तानसेन नगरपालिका-३ बसन्तपुर डेरा गरी बस्ने तानसेन नगरपालिका-१० गणेशसाल घर भएका ३२ वर्षीय सुनिल पौडेललाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २७ ट्याब्लेट, स्पास्मो २३ ट्याब्लेट र नगद ३ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले सुनिलको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय आकाश गिरी समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले सोही उपमहानगरपालिका-१४ बाबु गाउँ बस्ने २४ वर्षीय सुनिल कुमार नाउलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित पक्राउ गरेको छ । सिराहा, गोलबजार नगरपालिका-१२ बेतौनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९७ ग्राम ५ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय भुनेश्वर मण्डल, २६ वर्षीय बिरेन्द्र कुमार सिंह, २० वर्षीय अरबिन्द कुमार सिंह र ३३ वर्षीय रितेश यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-११ उरहरीस्थित हेयर सैलुनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ४ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय दीपक बिक, सोही उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय आकाश चौधरी, २४ वर्षीय ध्यानी बाँठा मगर र सोही उपमहानगरपालिका-११ बस्ने २० वर्षीय राजन केसी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दीपकको सैलुन पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०५-२८

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण तारेभीर नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ किलोग्राम सहित सोही नगरपालिका-३ बस्ने ६५ वर्षीय लक्ष्मीराम गौतमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ९० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका-१ बस्ने २८ वर्षीय राज कुमार थिङ तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-९ बाँध डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल ५ ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २५ वर्षीय भजन देव रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले को.१० प ८८५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-११ उरहरीस्थित कपाल काट्ने पसल संचालन गरी बस्ने १९ वर्षीय दिपक बिक समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम ४ सय ७० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय तुलसीपुरबाट खटिएको प्रहरीले दिपकको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ पेश्करटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १४ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-६ बस्ने ५३ वर्षीय संजय अग्रवाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २८ वर्षीय आशिष कुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-२ घोडहाबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय २८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश थाना निचलौल गाउँ परागपुर बस्ने २० वर्षीय हदिश अलि समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले युपि ५६ ए ०९३९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, कटहरी गाउँपालिका-३ रिङरोड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४५ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत अररिया थाना सोनामनि गोदाम डुमरिया बस्ने २२ वर्षीय बिक्की कुमार मण्डल समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कटहरी समेतबाट खटिएको प्रहरीले बीआर ३८ एजे ९०१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जाजरकोट, शिवालय गाउँपालिका-१ छेडाचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित रूकुम पश्चिम आठविसकोट नगरपालिका-९ बस्ने २४ वर्षीय शसिराम परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी छेडाचौरबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ च १७४० नम्बरको बोलेरोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०५-२७

काठमाडौं महानगरपालिका-२१ लगन बस्ने ३५ वर्षीय जनम शाक्य समेत ४ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट, अवैध लागूऔषध पोलेन करिब ७ सय ग्राम र नगद ३१ हजार १ सय ६५ रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जनमको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई  पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ५० मिलिग्राम सहित काठमाडौं शंखमुल बस्ने कैलाली घर भएका २९ वर्षीय शंखर चौधरी समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ४९३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम ६ सय ६० मिलिग्राम सहित ललितपुर तीनकुने बस्ने सिराहा घर भएका २० वर्षीय एमडी बुफ्रानलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ८ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० हजार ४ सय १० ट्याब्लेट सहित ४ जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएका २९ वर्षीय जनार्जन घले, सिन्धुपाल्चोक घर भएका २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुर घर भएका ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रे घर भएका ३१ वर्षीय राजु तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित ट्याटु हाउस र काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित  सोही महानगरपालिका-११ बंगलामुखी बस्ने ३१ वर्षीय आशिष देउलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित अछाम साँफेबगर नगरपालिका-७ बस्ने २० वर्षीय अभिजन भाटलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको    छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय सुनिल राना समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलाय कैलाली समेतबाट खटिएको प्रहरीले से.४ प ३९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-९ बस्ने ३४ वर्षीय डम्बर कुमार श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-७ बस्ने २७ वर्षीय ईश्वर खाती समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले ईश्वरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० डेरा गरी बस्ने खैरहनी नगरपालिका-२ चैनपुर घर भएका २४ वर्षीय सुदिप कार्की समेत २ जनालाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३३ ट्याब्लेट, ट्रामाडोल ५० ट्याब्लेट र नगद रुपैयाँ ९९ हजार ७ सय ४० रूपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले सुदिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४० ट्याब्लेट सहित सोही महानगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद महतो नुनिया समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०३७ प ४१२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० भुटनदेवी बस्ने ३५ वर्षीय प्रज्वल थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।