अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८३-०६-०१
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।