प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०६-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाँउपालिका-७ बस्ने २६ वर्षीय आर्यन पुरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय नख्खु ललितपुरमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काभ्रे मण्डनदेउपुर नगरपालिका-८ कुन्ताबेशीबाट पक्राउ गरेको हो । 

उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खुमा पठाइएको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-१६

    उदयपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ लालपुर बस्ने ३५ वर्षीय समिर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समिरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   बाँके, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने ३८ वर्षीय मान बहादुर कामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभयोगमा पक्राउ
२०८३-०६-०५

मोरङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-११ तीनमुढे बस्ने ६० वर्षीय अलकछन माझी चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नविन चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।