जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०७
- A
- A-
- A+
काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाँउपालिका-७ बस्ने २६ वर्षीय आर्यन पुरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय नख्खु ललितपुरमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काभ्रे मण्डनदेउपुर नगरपालिका-८ कुन्ताबेशीबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खुमा पठाइएको छ ।