जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८३-०६-१०
- A
- A-
- A+
धादिङ, ज्वालामूखी गाउँपालिका-६ सातभञ्ज्याङ बस्ने ४५ वर्षीय अर्जुन अर्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा अर्जुन समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ४ सय ९० रूपैयाँ र २ सय १५ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।