अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०६-१२
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २३ वर्षीय सुरेश उरावलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय प्रमोद शाह र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय राज बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.५ प ४४१३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय रोहन सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २४ वर्षीय सुरज साहले बेचेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ सुकुम्बासी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय शरण कार्की र भीमफेदी गाउँपालिका-५ बस्ने २७ वर्षीय मिलन स्याङ्बो रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० भुटनदेबी बस्ने २९ वर्षीय दिप लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-४ बाबुराम टोल बस्ने ३२ वर्षीय योगेश लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ ट्याब्लेट र डाइक्लोमाइन १ सय ८५ ट्याब्लेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१३ बस्ने ३३ वर्षीय राजु विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, बिन्दाबासिनी गाउँपालिका-४ अमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित भारत मोतिहारी सिस्वा पञ्चायत बस्ने ६५ वर्षीय प्रेत रायलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
धनुषा, बिदेह नगरपालिका-८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय मिलिग्राम सहित सोही नगरपालिका-८ बफै बस्ने २२ वर्षीय अजय कुमार मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१९ गैरी गाउँ बस्ने २३ वर्षीय पुजन श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१ बस्ने २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिष माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।