जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-१४
- A
- A-
- A+
पाँचथर, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्बेवा गाउँपालिका-५ बस्ने ४४ वर्षीय जिबन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिबनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।