प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८३-०६-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ग्राम सहित भारतीय नागरिक २९ वर्षीय सेक्क अविध मुख्तरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई एयरबाट काठमाडौं आगमन भएका उनलाई उक्त गाँजा जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१० ट्याङलाफाँट डेरा गरी बस्ने बझाङ छबिसपाथिभेरा गाउँपालिका-१ घर भएका २७ वर्षीय बिबेक भण्डारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बिबेकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा संलग्न रहेका ललितपुर सानेपा बस्ने मोरङ घर भएका २७ वर्षीय मोहन बस्नेतलाई समेत ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २३ ग्राम सहित सानेपाबाट प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, डाईजेपाम २२ एम्पुल, बुप्रेनोर्फिन २२ एम्पुल र नगद १३ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने दाङ घोराही उपमहानगरपालिका-११ घर भएका ३१ वर्षीय सुभाष गिरी र भक्तपुर कौशलटार बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-९ घर भएका ३५ वर्षीय सन्तोष कुँवर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०४० प ५०६० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन पयुंटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित काठमाडौं सानुथली बस्ने दोलखा गौरीशंकर गाउँपालिका-१ घर भएका ३७ वर्षीय पेम्बा शेर्पालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-४ आनन्दगंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय निजाम मिया, ४१ वर्षीया सुगन्दा मण्डल र इलाम घर भएकी ४५ वर्षीया लक्ष्मी दर्जी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ३२७५ नम्बरको सिटिलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी सिटि चालक निजाम तथा सिटि सवार सुगन्दा र लक्ष्मीलाई पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-९ हङकङ बजारस्थित मध्यबिन्दु होटल एण्ड लजबाट नियन्त्रित लागूऔषध डाईजेपाम २७ एम्पुल, फेनारगन २७ एम्पुल र नोर्फिन २७ एम्पुल सहित सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने स्याङ्जा वालिङ नगरपालिका-१ माझकोट घर भएका ३४ वर्षीय डिक गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले होटलको ११० नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिराहा, कर्जन्हा नगरपालिका-२ बन्दीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित धनगढीमाई नगरपालिका-७ बस्ने २० वर्षीय अजय कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०१-००१ ख ०२२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सप्तरी, खडक नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय २२ एम्पुल र फेनारगन १ सय २१ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-१३ बस्ने २६ वर्षीय सुमन राई र २१ वर्षीय आशिष अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८१ ग्राम २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने ३१ वर्षीय फिरोज जसगढलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भे.११ प ६८३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, गेरूवा गाउँपालिका-३ शान्ति बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बालुवाटार बस्ने २२ वर्षीय अमित थारू, मधुवन नगरपालिका-८ लालीबजार बस्ने २५ वर्षीय सागर थारू र सोही नगरपालिका-४ बाँदरभरिया बस्ने २४ वर्षीय आकाश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले भे.११ प ८०२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०६-१६

तनहुँ, भानु नगरपालिका-१ साजबोटेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ एम्पुल, नोर्फिन ५ एम्पुल, प्रोमेथाजाइन ६ एम्पुल र डाईजेपाम ६ एम्पुल सहित सोही नगरपालिका-१ कल्याणटार बस्ने २९ वर्षीय अक्रम मियाँ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले डुम्रेबाट भानुतर्फ जाँदै गरेको ग.२४ प २४७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   उदयपुर, त्रियुगा नगरपालिका-३ हात्तीमाराबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१० चटार बस्ने २५ वर्षीय रोहित थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ५० मिलिग्राम र नगद ५२ हजार ८ सय ६० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले रोहितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ७० मिलिग्राम सहित दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ बस्ने २० वर्षीय संदेश कार्की समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भे.७ प २६४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-९ सिम्ली बजार डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका-३ घर भएका ३३ वर्षीय टोप बहादुर परियारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय अञ्जन कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ६० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलो ७ सय ग्राम सहित भारत बिहार मोतिहारी पुर्वीचम्पारण थाना तुरकौलिया ग्राम पञ्चायत शंकर सरैया-२९ बस्ने ३३ वर्षीय लालटु राउतलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले वी.म.न.पा.१ ह १-०३६३ नम्बरको ई-रिक्सालाई जाँच गर्दा ई-रिक्सामा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय १० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-८ बस्ने ३१ वर्षीय सरोज आचार्यलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३ ग्राम २ सय ६० मिलिग्राम सहित काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने २५ वर्षीय सरोज तिवारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित केराबारी गाउँपालिका-७ बस्ने ३३ वर्षीय विश्वास चेम्जोङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५० प ६०७६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-५ करबगार्डबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८२ मिलिग्राम सहित रुकुम पश्चिम आठबिसकोट नगरपालिका-४ बस्ने ३५ वर्षीय रबिलाल विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-२६ बुढीबजार बस्ने ३० वर्षीय सरोज बन्जरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-८ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र नोर्फिन १७ एम्पुल सहित सोही महानगरपालिका-७ पुरानो एयरपोर्ट बस्ने गोरखा घर भएका २४ वर्षीय निसान गुरूङ समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ पेश्कर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने २२ वर्षीय राजु विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०६-१६

बाँके, नेपालगंज उपमहानगपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-३ बस्ने ३५ वर्षीय महेन्द्र गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-४ लालबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही नगरपालिका-५ घुम्ने बस्ने ३० वर्षीय प्रदिप बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०६-१५

सिन्धुली, कमलामाई नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ५१ ग्राम ६ सय ८० मिलिग्राम सहित रामेछाप मन्थली नगरपालिका-१२ घर भएका ३१ वर्षीय बाबुराम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.५१ प १८९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कैलाली, लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय भरत डम्बर पाल समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बस्ने १९ वर्षीय सेरे भन्ने सुरेश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेबजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूवी भ्याली गाउँपालिका-५ बस्ने २१ वर्षीय जुन तामाङ र नीलकण्ठ नगरपालिका-१२ बस्ने २१ वर्षीय बासुदेव नेपाली रहेका छन् । अस्थायी प्रहरी पोष्ट खहरेबाट खटिएको प्रहरीले रूवी भ्यालीबाट धादिङबेसीतर्फ जाँदै गरेको बा.९३ प ५१७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०६-१५

काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ सतुगंलबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ५ सय मिलिग्राम र नगद ७ लाख रूपैयाँ सहित लमजुङ बेसीशहर नगरपालिका-२ घर भएका २७ वर्षीय विक्रम गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागुऔषध बिक्री गर्ने भारत पश्चिम बंगाल घर भएकी ५० वर्षीया प्रिया भुजेललाई समेत प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन १ सय ८२ ग्राम सहित चन्द्रागिरी नगरपालिका-१२ बाट पक्राउ गरेको छ ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम सहित काठमाडौं बल्खु बस्ने बारा कलैया उपमहानगरपालिका-४ घर भएका १९ वर्षीय रोहित गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८६ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   मोरङ, उर्लाबारी नगरपालिका-४ बानडाँडा बस्ने १९ वर्षीय सुमन तोलाङ्गी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय निशान श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम (चोप) २ किलो ९ सय ७० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका-३ घर भएका ४५ वर्षीय आईत सिंह जिम्बा र उनकै श्रीमती ४५ वर्षीया रोशनी राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेडौंडा उपमहानगरपालिका-९ शान्तिटोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ पदमपोखरी घर भएका २४ वर्षीय अजय गोले समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ५६ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४२ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८४ मिलिग्राम सहित हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने ३० वर्षीय अभिषेक थिङ समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बस्ने मनहरी गाउँपालिका-४ शान्ति टोल घर भएका ३३ वर्षीय उमेश थिङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ११ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना. ४१ प ६८४४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिसेक रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश बहादुर पाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, भजनी नगरपालिका-५ कुटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय अमित चौधरी समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-८ घर भएका ३२ वर्षीय निरजंग शाही र सोही गाउँपालिका-४ घर भएका २४ वर्षीय जानस कामी रहेका छन् । प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-१३ झरूवारासीबाट अवैध लागूऔषध पोलेन २ किलो ६ सय २७ ग्राम, गाँजा १ किलो ९२ ग्राम र डिजिटल तराजु १ थान सहित कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, बैजानाथ गाउँपालिका-१ च्यामाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय खिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही ठाउँ बस्ने २० वर्षीय अजय मल्लको समेत संलग्नता रहेको खुल्ना आएपश्चात प्रहरीले अजयलाई सोही गाउँपालिका-१ हरियाली चोकबाट पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-७ गोल्मढीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट सहित भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २० वर्षीय बिनोद तामाङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०१९ प ८१२६ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रोहित श्रेष्ठ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले रोहितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१४

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ग्राम सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोजन सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-७ पोखरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी छिन्नमस्ता गाउँपालिका-४ बस्ने ३२ वर्षीय कृष्ण कुमार यादव र २१ वर्षीय देबेन्द्र यादव रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सप्तरी, सप्तकोशी नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ७५ ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनरूप नगरपालिका-८ बस्ने २८ वर्षीय शिव नारायण यादव, महादेवा गाउँपालिका-३ बस्ने २३ वर्षीय ललित कुमार यादव र सप्तकोशी नगरपालिका-१० बस्ने ४८ वर्षीय उपेन्द्र यादव रहेका छन् । प्रहरी चौकी फत्तेपुर समेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको प्र.३-०२-००८प ७०४८ नम्बरको मोटरसाइलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।