प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८३-०६-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ग्राम सहित भारतीय नागरिक २९ वर्षीय सेक्क अविध मुख्तरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई एयरबाट काठमाडौं आगमन भएका उनलाई उक्त गाँजा जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१० ट्याङलाफाँट डेरा गरी बस्ने बझाङ छबिसपाथिभेरा गाउँपालिका-१ घर भएका २७ वर्षीय बिबेक भण्डारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बिबेकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा संलग्न रहेका ललितपुर सानेपा बस्ने मोरङ घर भएका २७ वर्षीय मोहन बस्नेतलाई समेत ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २३ ग्राम सहित सानेपाबाट प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, डाईजेपाम २२ एम्पुल, बुप्रेनोर्फिन २२ एम्पुल र नगद १३ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने दाङ घोराही उपमहानगरपालिका-११ घर भएका ३१ वर्षीय सुभाष गिरी र भक्तपुर कौशलटार बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-९ घर भएका ३५ वर्षीय सन्तोष कुँवर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०४० प ५०६० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन पयुंटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित काठमाडौं सानुथली बस्ने दोलखा गौरीशंकर गाउँपालिका-१ घर भएका ३७ वर्षीय पेम्बा शेर्पालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-४ आनन्दगंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय निजाम मिया, ४१ वर्षीया सुगन्दा मण्डल र इलाम घर भएकी ४५ वर्षीया लक्ष्मी दर्जी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ३२७५ नम्बरको सिटिलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी सिटि चालक निजाम तथा सिटि सवार सुगन्दा र लक्ष्मीलाई पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-९ हङकङ बजारस्थित मध्यबिन्दु होटल एण्ड लजबाट नियन्त्रित लागूऔषध डाईजेपाम २७ एम्पुल, फेनारगन २७ एम्पुल र नोर्फिन २७ एम्पुल सहित सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने स्याङ्जा वालिङ नगरपालिका-१ माझकोट घर भएका ३४ वर्षीय डिक गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले होटलको ११० नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिराहा, कर्जन्हा नगरपालिका-२ बन्दीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित धनगढीमाई नगरपालिका-७ बस्ने २० वर्षीय अजय कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०१-००१ ख ०२२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सप्तरी, खडक नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय २२ एम्पुल र फेनारगन १ सय २१ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-१३ बस्ने २६ वर्षीय सुमन राई र २१ वर्षीय आशिष अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८१ ग्राम २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने ३१ वर्षीय फिरोज जसगढलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भे.११ प ६८३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, गेरूवा गाउँपालिका-३ शान्ति बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बालुवाटार बस्ने २२ वर्षीय अमित थारू, मधुवन नगरपालिका-८ लालीबजार बस्ने २५ वर्षीय सागर थारू र सोही नगरपालिका-४ बाँदरभरिया बस्ने २४ वर्षीय आकाश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले भे.११ प ८०२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०६

कैलाली, भजनी नगरपालिका-३ पडरीया बस्ने २८ वर्षीय हरि प्रसाद डगौरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ मनेहरा पुरानो शिविर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१० केरावारी बस्ने २३ वर्षीय सन्दिप चौधरीलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट, नाईट्रोसन १ सय ७० ट्याब्लेट, गाँजा २ सय ४० ग्राम र नगद २४ हजार १ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट र स्पास्पेन ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-५ गेटा बस्ने १९ वर्षीय कुशल बिष्टलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली मंगल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ६२ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय उत्तम राई समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय गणेश साह कलवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-३ सहिद कलेज अगाडि बस्ने २२ वर्षीय अभिजित नेपाललाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट शान्तिचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०७-०५

पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र गाँजा १ सय २० ग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ निचुटा बस्ने ४३ वर्षीय संजय औझैया, १९ वर्षीय अशोक चौधरी र २६ वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५८ मिलिग्राम सहित गोदावारी नगरपालिका-९ बस्ने १९ वर्षीय सन्जय राना समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८३-०७-०३

जुम्ला, तिला गाउँपालिका-३ कुडारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ३० मिलिग्राम सहित तातोपानी गाउँपालिका-१ राँका बस्ने २० वर्षीय विकाश सार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले नाग्माबाट जुम्लातर्फ आउँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय प्रदिप राजवंशी समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित भारत पिलिभित न्युरिया कलौनी बस्ने ३२ वर्षीय अमित हलदरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने २७ वर्षीय आयुस बम समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले आयुसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०७-०२

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरिया टोल घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा वीरगंज महानगरपालिका-१७ अलौ घर भएका २७ वर्षीय सुनिल सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२० च ७५८८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-५ शान्तिचोकस्थित ऋतु होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ बस्ने २५ वर्षीय रबिन थारू र बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २६ वर्षीया पुतली पुन रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।  बाँके, जानकी गाउँपालिका-४ ढुडुवारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय तिलक विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईज तहशिल नानपारा घर भएका २७ वर्षीय साबिर अलि अंसारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-११ दुधे डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका ४८ वर्षीय बम बहादुर लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम र नगद ८९ हजार ७ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बम बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सर्लाही, मलंगवा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ६९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २५ वर्षीय पप्पु यादव र सोही नगरपालिका-११ बस्ने २७ वर्षीय अरूण कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले पप्पुले प्रयोग गरेको बिआर ३० एच ६०९८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्म्देब जिरो पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ सालघारी बस्ने ३३ वर्षीय राज चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट र नाइट्राजेपाम ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ४३ वर्षीय अर्सद अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भोक्राहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ९ सय १५ किलो गाँजा सहित ४ जना पक्राउ
२०८३-०७-०१

सुनसरी, इनरूवा नगरपालिका-४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ सय १५ किलो ६ सय ८० ग्रामसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहवी नगरपालिका-१० बस्ने २२ वर्षीय कुन्दन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  साथै प्रहरीले उक्त स्थानबाट प्र.१-०२-००१ प ९१९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको   छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।