भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०६-२०
- A
- A-
- A+
बारा, निजगढ नगरपालिका-११ रतनपुर पश्चिम टोल बस्ने ३९ वर्षीय सम्सेर रूम्बालाई सोही ठाउँस्थित फुटबल ग्राउण्ड नजिकबाट भरूवा बन्दुक १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।