प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

२०८३-०६-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनुषा घर भएका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुर, भक्तपुर नगरपालिका-४ बस्ने २५ वर्षीया एलिसा मधिकर्मी, ललितपुर महानगरपालिका-१४ बस्ने दार्चुला घर भएका २९ वर्षीय हरिस सिंह महरा र काठमाडौं महानगरपालिका-३२ बस्ने बारा घर भएका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन् । 

पक्राउ मध्ये योगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, एलिसाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ, हरिसले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ९१ हजार रूपैयाँ र राजेशले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगेन्द्रलाई काठमाडौं महानगरपालिका-११ बाट, एलिसालाई भक्तपुर नगरपालिका-४ बाट र हरिसलाई ललितपुर महानगरपालिका-१४ बाट मंगलबार तथा राजेशलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट बुधबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२३

भक्तपुर, खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ललितपुर हात्तीबन बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २३ वर्षीय सुभम कुमार, बारा सिम्रौनगढ नगरपालिका-१० घर भएका २० वर्षीय अनिकेत यादव, ललितपुर धापाखेल बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २२ वर्षीय पबन कुमार चौधरी र रौतहट गौर नगरपालिका-१ घर भएका २१ वर्षीय रिसी गंगा रहेका छन् । विभिन्न मोबाइल नम्बरहरूबाट खल्तीको आधिकारिक कर्मचारी हुँ भनि पिडितहरूसँग फोन सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने र OTP कोड सेयर गर्न लगाई पीडितहरूको बैंक तथा वालेट खाताहरूमा अनुमति बिना अनाधिकृत रूपमा पहुँच पुर्‍याई विभिन्न खातामा रकम ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२८ हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टको टिई/१३०५ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।उनीहरूलाई जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१२ घर भएका ३२ वर्षीय मान बहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  मान बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

लुटपाटमा संलग्न पाँच जना पक्राउ
२०८३-०६-२३

भक्तपुर, लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका २५ वर्षीय सुदिप लामा, ३२ वर्षीय कर्ण बहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय बिजय तामाङ र ३२ वर्षीय केनाम सिंह तामाङ रहेका छन् । चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित त्रिपुरा सुन्दरी खाद्य स्टोरका संचालकलाई मंगलबार पसल बन्द गरी घर जाने क्रममा मोटरसाइकलहरूमा आएका अपरिचित व्यक्तिहरूले कुटपिट गरी उनले लगाएको सुनको सिक्री समेत लुटी फरार भएका उनीहरूलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९१ प १२०७ नम्बर र प्र.३-०२-००१ प ४६९२ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ
२०८३-०६-२३

काठमाडौं, अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका २२ वर्षीय बिक्की कुमार महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रारम्भिक अनुसन्धानको क्रममा उनले वानएक्स वेट र Mobcash Applicatin बाट सट्टाबाजी गरेको/गराएको साथै USDT लगायत अभौतिक मुद्दा (Crypto Currency) को कारोबार गरी हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रूपैयाँ ९१ पैसा भन्दा बढी कारोबार गरेको खुल्न आएको छ । उनी उपर अभौतिक मुद्रा र सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-२३

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-५ सोनारपट्टी दाहा चोक बस्ने २४ वर्षीय आमिन साफीको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय मोहमद ईलसाद खानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोहमद ईलसादले पुरानो रिसिबको कारण आमिनलाई जनकपुरधाम उपमहानगरपालिका-५ रहिम पथ नजिकै धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका आमिनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार बेलुकी मृत्यु भएको हो । साथै मोहमदले धारिलो हतियार प्रहार गर्दा घाइते भएका सोही उपमहानगरपालिका-५ बस्ने २५ ईम्तियाज राईनको सोही अस्पतालमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।