खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२३
- A
- A-
- A+
भक्तपुर, खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर हात्तीबन बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २३ वर्षीय सुभम कुमार, बारा सिम्रौनगढ नगरपालिका-१० घर भएका २० वर्षीय अनिकेत यादव, ललितपुर धापाखेल बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २२ वर्षीय पबन कुमार चौधरी र रौतहट गौर नगरपालिका-१ घर भएका २१ वर्षीय रिसी गंगा रहेका छन् ।
विभिन्न मोबाइल नम्बरहरूबाट खल्तीको आधिकारिक कर्मचारी हुँ भनि पिडितहरूसँग फोन सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने र OTP कोड सेयर गर्न लगाई पीडितहरूको बैंक तथा वालेट खाताहरूमा अनुमति बिना अनाधिकृत रूपमा पहुँच पुर्याई विभिन्न खातामा रकम ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२८ हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टको टिई/१३०५ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।