लुटपाटमा संलग्न पाँच जना पक्राउ
२०८३-०६-२३
- A
- A-
- A+
भक्तपुर, लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका २५ वर्षीय सुदिप लामा, ३२ वर्षीय कर्ण बहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय बिजय तामाङ र ३२ वर्षीय केनाम सिंह तामाङ रहेका छन् ।
चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित त्रिपुरा सुन्दरी खाद्य स्टोरका संचालकलाई मंगलबार पसल बन्द गरी घर जाने क्रममा मोटरसाइकलहरूमा आएका अपरिचित व्यक्तिहरूले कुटपिट गरी उनले लगाएको सुनको सिक्री समेत लुटी फरार भएका उनीहरूलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९१ प १२०७ नम्बर र प्र.३-०२-००१ प ४६९२ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।
उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।