स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०६-२३
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-१६ माछापोखरी बाईपास डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएकी ३८ वर्षीया मान कुमारी तामाङलाई स्रोत नखुलेको नगद १५ लाख ७० हजार रूपैयाँ सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले मान कुमारीको कोठा तलासी गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ३ जना व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।