लुटपाटमा संलग्न चार जना पक्राउ
२०८३-०६-२२
- A
- A-
- A+
भक्तपुर, लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका-६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन् ।
सूर्यविनायक नगरपालिका-४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा.२ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मंगलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।