प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

२०८३-०६-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्राम ७ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार समस्तीपुर-२५ घर भएका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय थानकोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका धादिङ गल्छी गाउँपालिका-६ घर भएकी २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्कीलाई काठमाडौं महानगरपालिका-२२ सुन्धारास्थित एक होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार १ सय १० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

  सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय आवास मियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ मगलगढी चोक बस्ने ४३ वर्षीय खड्क बहादुर रावतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले खड्क बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने १९ वर्षीय यालिस भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ९ सय ३० मिलिग्राम र नगद ३१ हजार ५ सय रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले यालिसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  

अछाम, साँफेबगर नगरपालिका-४ जनकल्याण टोल बस्ने सोही नगरपालिका-१० बाब्ला घर भएका ५३ वर्षीय प्रताप बटालालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २५ ग्राम २ सय ८० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले प्रतापको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिहंबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही नगरपालिका-५ तौमढी बस्ने १९ वर्षीय अर्जुन परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०६-२३

काठमाडौं, तारकेश्वर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्राम ५ सय मिलिग्राम र नगद ३० हजार रूपैयाँ सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-४ घर भएका ३३ वर्षीय अमृत बराल, ३४ वर्षीय सुजन विश्‍वकर्मा, नुवाकोट तादी गाउँपालिका-१ घर भएका ३६ वर्षीय बसन्त ढकाल र विदुर नगरपालिका-८ घर भएका २३ वर्षीय सन्दिप कालिकोटे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित दुहवी नगरपालिका-५ बस्ने ३१ वर्षीय शिशिर कुवरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नहाडा चोकबाट नियन्त्रित लागूऔषध डाईक्लोमाइन १ हजार ३ सय ९० ट्याब्लेट र ट्रामाडोल १ हजार ३ सय ९० ट्याब्लेट सहित उदयपुर चौदण्डीगढी नगरपालिका-३ बस्ने ३० वर्षीय अनुश मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले कान्छी चोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३-०२-००३ प २५९३ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइकलमा सवार अनुशलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।  ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धि तफाखल पार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही महानगरपालिका-२८ हरिसिद्धि बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २१ वर्षीय आयुष सुनुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरिसिद्धीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-२० बिष्णुपादुका बस्ने २९ वर्षीय बिशाल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी आम्बासीबाट खटिएको प्रहरीले बसाहाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ रानीजरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ प्रगतिशील टोल बस्ने २७ वर्षीय प्रकाश वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टागिकोट डेरा गरी बस्ने बुलिङटार गाउँपालिका-१ घर भएका २१ वर्षीय पूर्ण बहादुर मापछन समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट, भोमाइन ३० ट्याब्लेट र ऐनारगन ४५ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहबरबाट खटिएको प्रहरीले पूर्ण बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-७ डुमटोल बस्ने २९ वर्षीय आशिष कुमार तामाङ समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आशिषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-७ डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-७ घर भएका २५ वर्षीय सुर्य दर्जीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले रमाइलोबाट कानेपोखरीतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट, नाईट्राभेट २६  ट्याब्लेट र नगद ६७ हजार ४ सय रूपैयाँ सहित ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने ३८ वर्षीय सुरज बानियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, डुडुवा गाउँपालिका-१ पिपरहवाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम नरेश कुर्मीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २२ वर्षीय शुसिल रोक्कालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय १० ट्याबलेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय बिबश चौधरी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०६-२२

ललितपुर, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटोबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ७० ट्याब्लेट सहित ललितपुर गोदावरी बस्ने ३० वर्षीय अजित खड्का समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुँगमतीबाट खटिएको प्रहरीले बा.३८ प ६३९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धादिङ, गजुरी गाउँपालिका-२ चाम्वासबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ६ सय १० ग्राम सहित म्याग्दी घर भएका २३ वर्षीय सनम विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १७४३ नम्बरको ईभी माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध कारोबारमा संलग्न १ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।  सिराहा, सिरहा नगरपालिका-२१ पिपरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४३ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-१४ बस्ने १९ वर्षीय सतिस दास र ३५ वर्षीय आईसोत मण्डल रहेका छन् । प्रहरी चौकी लकडीगोठबाट खटिएको प्रहरीले लकडीगोठबाट माडरतर्फ जाँदै गरेको स.८ प ६२९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-१ मामाचोकस्थित खोटाङ होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ६० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने २३ वर्षीय दिपक कुमार साह, सोही नगरपालिका-२ बस्ने २४ वर्षीय निक्सल देवान, सोही नगरपालिका-५ बस्ने २२ वर्षीय राहुल गुरूङ र कमल गाउँपालिका-४ बस्ने १९ वर्षीय अरूङ राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, बोदेबरसाईन नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ७० ग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बलानबिहुल गाउँपालिका-५ रामनगर बस्ने २१ वर्षीय राकेश यादव र भारत मधुवनी घर भएका २६ वर्षीय इमतियाज मोहम्द रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ जमुनी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ४१ वर्षीय रमेश बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-११ अल्का मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया नरपथगंज ठाना फत्तेपुर पंचायत-२ बस्ने २३ वर्षीय मनोहर यादव, सुनसरी देवानगंज गाउँपालिका-२ यादव टोल बस्ने २२ वर्षीय अर्बिन्द्र कुमार यादव र २३ वर्षीय अनिल कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३ नदिपुर बस्ने २३ वर्षीय रविन नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम, नियन्त्रित लागूऔषध टापेन्टाडोल ४० ट्याब्लेट र नगद ४३ हजार ४ सय २० रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१९ अमाहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१९ पटेरूवा बस्ने १९ वर्षीय अमन चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले प्रदेश १-०४-००१ प २७९० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय पुजन राजधामी समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नडाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ सागरपथ बस्ने बिशाल बिश्वकर्मा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बिशालको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.४५ प ८९९० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय निशान केसी र सोही नगरपालिका-११ बस्ने २९ वर्षीय बिनोद रावल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८३-०६-२१

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७४ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ अत्तरखेल बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका ३२ वर्षीय जिवन तामाङ र काठमाडौं शंखरापुर नगरपालिका-२ धारापानी बस्ने २७ वर्षीय अविशेक गुरूङ रहेका छन् । प्रहरी बिट जम्बुडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ सालघारी बस्ने २२ वर्षीय धिरज राना र सोही नगरपालिका-१८ गोबरैया बस्ने १९ वर्षीय आशिष लेखक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१८ रेल्वेबाट अवैध लागूऔषध गाँजा २४ किलो ४ सय ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया फुलकाहा-१ बस्ने २० वर्षीय प्रवेश कुमार साह र २० वर्षीय सुरेश कुमार साह रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडीयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एई ०४९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-११ बाट  अवैध लागूऔषध खैरो हेरोइन १ सय १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया यनां नरपतजंग घर भएका २३ वर्षीय रिजवान अहमद इदरीशी, सुनसरी देवानगंज गाउँपालिका-२ घर भएका २३ वर्षीय आरविन्द्र यादव र २३ वर्षीय अनिल यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०६-२१

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय १६ ग्राम ५ सय मिलिग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-१ घर भएका ३३ वर्षीय सुरेश उप्रेती, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भएका २६ वर्षीय अमित बस्नेत, सिराहा गोलबजार नगरपालिका-१० घर भएका २५ वर्षीय अजय कुमार महत्तो र ३२ वर्षीय सत्रुधन मुखिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सुरेश र अमितलाई अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय मिलिग्राम सहित आइतबार तथा अजय र सत्रुधनलाई अवैध लागूऔषध खैरो हेरोइन २१ ग्राम सहित सोमबार पक्राउ गरेको हो । यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तराखण्ड काशीपुर घर भएका २८ वर्षीय MOHAMMAD SARIK र उत्तर प्रदेश लखनउ घर भएका २९ वर्षीय ALAM SHAHBAZ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मलेशियन बाटिक एयरद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी नगरपालिका-९ बस्ने २५ वर्षीय नविन राई र सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय मणिराज गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नविनलाई १ ग्राम १ सय ९० मिलिग्राम र मणिराजलाई ३ ग्राम ३ सय ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी पाथीभरा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने मोरङ बेलबारी नगरपालिका-८ घर भएका २६ वर्षीय आभिषेक चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ताप्लेजुङ, फुङलिङ नगरपालिका-५ हुलाक लाईन बस्ने ४१ वर्षीय रोहित श्रेष्ठलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले रोहितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ काठेपुल बस्ने २७ वर्षीय अर्जुन श्रेष्ठ,  सोही उपमहानगरपालिका-७ शान्ती पथ बस्ने ३६ वर्षीय दिपक मगर र सोही उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय बाबुराम बयलकोटी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   उदयपुर, बेलका नगरपालिका-४ बिज्ञानटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय सबिन राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले गुरूङचौरीबाट बिज्ञानटोलतर्फ जाँदै गरेको को.३४ प ७९७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित सात जना पक्राउ
२०८३-०६-२०

कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ कलुवापुर बस्ने ४१ वर्षीय जितेन्द्र रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले जितेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१७ खोक्लिङ बस्ने ३१ वर्षीय राजन राई र उनकै श्रीमती ३० वर्षीया इच्छा परियारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३९ वर्षीय मिनराज गिरी समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजदेखि सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १३७० नम्बरको ईभी गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी ईभी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२०

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ जगडोल पानी ट्याङ्कीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५९ ट्याब्लेट सहित बुढानिलकण्ठ नगरपालिका-११ कपन खरीबोट बस्ने खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ घर भएका १९ वर्षीय डवाङ सोनाम शेर्पालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय योगेन मगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका-७ बेलगौडे बस्ने ३१ वर्षीय धिरेन मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले धिरेनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुनसरी, इटहरी उपमहानगरपालिका-४ भेटघाट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय अनिस श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले को.१५ प ६३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय अनिश शाक्य समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-५ होक्लाबारी पैनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम १५ मिलिग्राम सहित भारत किशनगंज दिघलबैंक मोहमारी बस्ने २८ वर्षीय फिरोद आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-५ खाताबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६७ मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-‍९ बस्ने ३८ वर्षीय सन्तोष चौधरी, ३० वर्षीय बिकास चौधरी र झापा गाउँपालिका-५ बस्ने २७ वर्षीय संजय दनुवार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-७ घर भएका ३६ वर्षीय अर्जुन महत र तातोपानी गाउँपालिका-८ घर भएका २७ वर्षीय नकुल शाही रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २६ वर्षीय बिशाल बिष्ट, सोही नगरपालिका-२ बस्ने ३४ वर्षीय राम बहादुर शाही र  सोही नगरपालिका-५ बस्ने २१ वर्षीय बिज्ञान भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन १० ट्याब्लेट र ट्रामाडोल ४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय रवि खड्का समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।