अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८३-०६-२६
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-१० बस्ने ३२ वर्षीय सुबास ऐरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई आफ्नै घरआँगनमा बसिरहेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।