जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-०७
- A
- A-
- A+
उदयपुर, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-२ मझुवा बस्ने सिन्धुली घर भएका २१ वर्षीय सुशिल खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।