अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-०९
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-३ बेलचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नोर्फिन २२ एम्पुल र प्रोमेथाजाइन २२ एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने गोरखा घर भएका १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित बागमती गाउँपालिका-७ बस्ने २३ वर्षीय रोशन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र वनस्पतिबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ५ सय ट्याब्लेट सहित सोही नगरपालिका-२ नवलपुर बस्ने २४ वर्षीय विशाल प्रधानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०५४ प १४४९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९२ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय तिलक खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।