अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३५ जना पक्राउ
२०८३-०७-१२
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन १२ ग्राम सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घर भएका २४ वर्षीय पारस गुरूङ, धादिङ निलकण्ठ नगरपालिका-७ घर भएका ३१ वर्षीय प्रकाश पोखरेल र झापा मेचीनगर नगरपालिका-६ घर भएका ४५ वर्षीय बिशाल आङदेखे (लिम्बु) रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैंचा नगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम र नगद १८ हजार ५ सय ८० रूपैयाँ सहित सुनसरी दुहबी नगरपालिका-१२ बस्ने २६ वर्षीय संजय उरावलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ४२ वर्षीय याम कुमार राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ गैरीगाउँ बस्ने ३६ वर्षीय अमिर सार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-८ गैसार डेरा गरी बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार २ सय ७० ट्याब्लेट र डाइक्लोमाइन ५ हजार ५ सय १० ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-११ सम्झना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय १० ट्याब्लेट र डाइक्लोमाइन ८ सय ट्याब्लेट सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-२ बेलडाँगी बस्ने २७ वर्षीय अरूण माझीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०२-०४१ प २५४६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
बारा, बिश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५१ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय बिशाल सहनी र २६ वर्षीय रोशन कुश्वाहा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१२ प ३७१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बारा, प्रसौनी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित भारत घर बताउने ६० वर्षीय शम्भु सहनीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको
हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा सोही गाउँपालिका-७ बलुवा टोल बस्ने ४५ वर्षीय अच्छेलाल सहनीसँग खरिद गरेको भन्ने खुल्लासाथ अच्छेलालको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा ८ किलो ७ सय ग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
सिराहा, औरही गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ८४ किलो ५ सय ९० ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ तुलसीपुर बस्ने ५३ वर्षीय छेदी दासर र बरियारपटी गाउँपालिका-३ शिवनगर बस्ने ६५ वर्षीय शंकर यादव रहेका छन् । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१९ चारपाटे चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५४ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने लमजुङ दोर्दी गाउँपालिका-८ घर भएका ३१ वर्षीय सागर तामाङ र भरतपुर महानगरपालिका-२० चन्द्रमा टोल बस्ने ३८ वर्षीय रोशन गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले सागरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको सोही महानगरपालिका-१९ रानिपोखरी बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामाको घरमा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१ ग्राम र नगद ३९ हजार ५ सय रूपैयाँ फेला पारी ईश्वरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, भजनी नगरपालिका-५ पगियापसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित भजनी नगरपालिका-५ पगियापसार बस्ने २१ वर्षीय दिपक बुढा समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले से.७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ मरियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-३ बस्ने १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ७२४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित जोशीपुर गाउँपालिका-१ बस्ने २९ वर्षीय नराज चौधरी समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, मटिहानी नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय बिनोद सुडिलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिहानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
धनकुटा, चौबिसे गाउँपालिका-६ राजारानी बजारबाट अनियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, डाइक्लोमाइन ३७ ट्याब्लेट र स्पास्पेन ३१ ट्याब्लेट सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-८ बस्ने २१ वर्षीय रोमन भन्ने रमेश पोखरेललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा खरिबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ९० मिलिग्राम सहित काठमाडौं न्यूरोड बस्ने भारत घर भएका ३८ वर्षीय गणेश कामतीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.५३ प १६९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय अनिष खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-१ हरियाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय क्रिन्स परियार समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-८ बस्ने २३ वर्षीय गोपाल रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।