लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०६-१७
- A
- A-
- A+
बाँके, २०७८ असोज १७ गते
लेनदेन मुद्दाका फरार प्रतिवादी जानकी गाउँपालिका-१ बस्ने ३७ वर्षीय तिलक राम अहिरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७६ जेठ १५ गतेको फैसलाले लेनदेन मुद्दामा ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।