प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आफ्नै आमाको हत्यामा संलग्न छोरा सहित २ जना पक्राउ

२०७८-१२-०८

  • A
  • A-
  • A+
Share

कास्की, आफ्नै आमा ६७ वर्षीया नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा उनकै जेठो छोरा पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर कोठाभित्र घाँटीमा थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा शुक्रबार बिहान नौमायाँ नेपालीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई  पक्राउ गरेको हो । 

ओम बहादुरले घर जग्गा बेच्नको लागि पटकपटक प्रयास गर्दा आमाले बेच्न नमानेको विषयलाई लिएर साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै बिहीबार राति नौमायाँ निदाएको अवस्थामा घाँटी थिची हत्या गरेर दुवै जना कुमारको कोठामा गई सुतेको र शुक्रबार बिहान ओम बहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिरक अनुसन्धानबाट खुल्न आएको छ ।  

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।