प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी बराह नगरपालिका-१० बस्ने ३६ वर्षीय अर्जुन आचार्य भन्ने चुडामणि आचार्यलाई बिहीबार प्रहरी पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ माघ २६ गतेको फैसलाले उक्त मुद्दामा ७ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सुनसरी इनरुवाबाट पक्राउ गरेको हो । आचार्यले २०७५ भदौ १४ गते काठमाडौं महानगरपालिका-१८ ताम्सिपाखामा पीडितलाई बिबाह गर्ने भनि अनुचित प्रभाव र डर त्रास देखाई कसूरमा अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सुनसरी पठाइएको छ ।                                                                           

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०८

बर्दिया, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दैलेख, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।