आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-१२-१२
- A
- A-
- A+
काठमाडौं, आफ्नै ३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।