प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

२०७८-१२-२४

  • A
  • A-
  • A+
Share

उदयपुर, बेलका नगरपालिका-६ बस्ने १६ वर्षीया कबिता सुनुवारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलका नगरपालिका-३ बस्ने भारत सिक्किम बियुङ घर भएका १९ वर्षीय बिनोद ढकाल र १७ वर्षीया किशोरी रहेका छन् । 

बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा चैत्र २२ गते बिहान कबिता सुनुवारको शव फेला परेको घटनामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ वर्षीया आरोपित किशोरी कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आरोपित किशोरीलाई होच्याउने, चिड्याउने गरी आघात पुर्‍याउने गरेको हुँदा रिसिईवी राखि हत्याको योजना बनाई एसईई तयारी कक्षाको लागि तीनै जनासंगै बिद्यालयतर्फ जादै गर्दा बिनोद ढकालले बियरको बोतल र ढुङगा प्रहार गरी हत्या गरी मृतकको शव यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक फालेको खुल्न आएको हो ।

उनीहरू उपर जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।