जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०१-०३
- A
- A-
- A+
पर्सा, ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ बस्ने बारा प्रसौनी गाउँपालिका-५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।