जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०१-०५
- A
- A-
- A+
पाल्पा, ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।