प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०१-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, फ्रि फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाशलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएकोमा जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थबाट फेला पारेको थियो । 

थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग बिगत १ वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई विवाह गर्ने लगायतको आश्‍वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याई चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका-६ स्थित बसुन्धरामा राखी जबरजस्ती करणी गरेको खुल्न आएको हो ।

उनी उपर जबरजस्ती करणी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१७

पर्वत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका-९ बस्ने भोजपुर हतुवागढी गाउँपालिका-४ घर भएका ४१ वर्षीय श्री प्रसाद राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्री प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धादिङ, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका-५ बस्ने २२ वर्षीय राम कृष्ण विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम कृष्णले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१६

उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम बेलका नगरपालिका-६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाक्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सिन्धुली, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुधौली नगरपालिका-३ बस्ने २३ वर्षीय भक्त बहादुर कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्त बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  संखुवासभा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकालु गाउँपालिका-५ बस्ने भोटखोला गाउँपालिका-४ घर भएका ४३ वर्षीय किरण तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किरणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१०

कैलाली, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ धनचौरी बस्ने २८ वर्षीय कृष्णराज भट्टराईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कृष्णराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालखेती समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  तेह्रथुम, ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमर्जुङ बस्ने ४४ वर्षीय खलेत्रे भन्ने लिलम बहादुर लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिलम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।