बाल यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
२०७९-०१-०८
- A
- A-
- A+
ललितपुर, बाल यौन दुर्व्यवहार गरेको अभियोगमा ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका-७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।