प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०१-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ बंगलाचुली गाउँपालिका-३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार