प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०१-१५

  • A
  • A-
  • A+
Share

रूकुम पूर्व, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुथाउत्तरगंगा गाउँपालिका-१ मैकोट बस्ने २९ वर्षीय तिर्थफल परियार र सोही ठाउँ बस्ने ३० वर्षीय हिन्दुल परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्याना पातल जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार